स्काउटकाे जमिनमा बनेका संरचनामा सिल

काठमाडौं : सरकारले लैनचाैरस्थित नेपाल स्काउटकाे जमिनमा बनेका संरचनामा सिल गरेको छ ।

लिजकाे म्याद सकिए पनि निजी कम्पनीले भाेगचलन गरिरहेकाले सिल गरिरहेको प्रशासनले जनाएको छ ।

बिहीबार राति जिल्ला प्रशासन कार्यालयले प्रहरीकाे सहयाेगमा स्काउटको जमिनमा बनेका संरचनामा सिल गरेको हो ।

उपप्रधान एवं गृहमन्त्रीकाे निर्देशन पछि स्थानीय प्रशासनले सिल गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?