काठमाडौं : काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना गराउने भएको छ । विरोध प्रदर्शनका क्रममा फोहोर गरेपछि राप्रपालाई महानगरले जरिवाना तोकेर पत्र पठाएको हो ।
पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको पाँच हजार २२२ रुपैयाँ बैंक खातामा जम्मा गरिदिन भनिएको छ । पत्रमा रकम जम्मा गर्नुपर्ने बैंकको विवरण पनि उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्यान्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।
राप्रपाले चैत २७ गते भृकुटीमण्डप केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?