काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन् ।
उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास सँगैसरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ। फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ । हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रुपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको संचालन, व्यवस्थापन गरिरहेका छन ।’मन्त्री शर्माले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यसको समसामयीक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिइन् ।
डिजिटल फाउन्डेसनका पूर्वाधारहरुलाई सुरिक्षत र अन्तरक्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य सरकारले ८१-८२ को नीति ,कार्यक्रममा तथा बजेटमा सुचना प्रविधि क्षेत्रलाई प्राथिमकता दिने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?