गण्डकी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, १७ गते आदेश आउन सक्ने

काठमाडौं : गण्डकी सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति बदरको माग गर्दै रिट दिएका थिए ।

सो रिटमा सोमबारदेखि न्यायाधीश् सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ । सोमबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?