दमौली : लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षतामा सविता भट्टराई चयन भएकी छिन् । शुक्रवार भएको संस्था ८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
लायन वर्ष २०२४/०२५ को लागि प्रथम उपाध्यक्षमा निरज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गोविन्द प्रसाद खनाल, तृतीय उपाध्यक्षमा गणेश श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै समितिकाे सचिवमा प्रताव बाबु थापा, कोषाध्यक्षमा राजन ढकाल, सह-सचिवमा अपेक्षा श्रेष्ठ चुमान, कोषाध्यक्षमा अस्मिता अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
निर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष रत्नकुमार श्रेष्ठ लगायतले टीका र खादा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?