दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको अयोजना परासर मार्गमा कालोपत्र र पक्की नाला निर्माण गर्न आइतबार निर्माण कम्पनी र नगरपालिकाबीच सम्झौता भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभीका प्रतिनिधी जेबिन बिक्रम शाही र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीबीच सम्झौता भएको हो ।
पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गरिनेछ ।
विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड निर्माण गरिने नगरपालिकाका सिनियर इन्जिनियर डा.राजु पौडेलले जानकारी दिए । उनका अनुसार भ्याटसहित रु.४० करोड त्रियासी लाख पैतिस हजार नौ सय एक्काइसको लागतमा निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
उक्त मार्ग पश्चिम लमजुङ,कास्कीको पूर्वी भेग र तनहुँको उत्तरी भेगका गरी हजारौं मानिस लाभान्वित हुनेछन् । कन्सल्टेन्डको रुपमा बिओटीइके–जिओइसी जेभी काठमाण्डौं रहेको छ । उक्त योजनाबाट बाँकी रहेको करिब रु.२२ करोड रकम अर्को प्राथामिकताको योजनामा लगानी गर्न शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।
भ्याटसहित रु.४० करोड असी लाखमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो ।
छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रिया अघि बढाएको थियो ।
गुणस्तरीय सडक निर्माणपछि यहाँ व्यवस्थित सहरीकरण हुँदै जानेछ”,उनले भने,“सामान्यतया सवा करोडले एक किमी सडक कालोपत्र गर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?