इलाम- इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
मङ्गलबार इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह सिटी हलमा आयोजित कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरेको हो ।
कार्यक्रममा नेम्वाङले सम्पुर्ण मतदाता, अग्रजहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचनमा खटिएको कर्मचारी लगायतलाई धन्यवाद दिँदै आगामी दिनमा इलामवासीसँग गरेको प्रतिबद्धतालाई नभुल्ने र सधैँ आशा भरोसाको साथी बनेर हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिनुभएका नेम्वाङलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलको समर्थन रहेको थियो । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?