डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं : सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राति सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।

डिभीको नतिजा  dvprogram.state.gov/ESC/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो । दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?