सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?