
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेको छ । नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ को विन्दुमा पुगेको हो ।
यस दिन ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ ।
आज १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स उपसमूहको समूहगत सूचक बढेको छ ।
यस दिन डोल्टी पावर कम्पनी लिमिटेड सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले बढेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडेको सेयर मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?