
दमौली : तनहुँको व्यास नगरपलिका -१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘गणित शिक्षणका वर्तमान प्रवृत्ति’ विषयमा एक दिने अभिमुखिकरण भएको सम्पन्न भएको छ । आइतवार क्याम्पसको सभाहलमा एविसि म्याथ सर्कलले एक दिने अभिमुखिकरण आयोजना गरिएको हो ।
गणित विषय अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम आयोजना गरिएको सर्कलका सचिव संगिता बरालीले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसमा गणित विषयको गुणस्तरीय अध्ययन अध्यापनको लागि गणित शिक्षक तथा गणित विषयका विद्यार्थीहरुको लागी सुविधाजनक भौतिक तथा शैक्षिक व्यावस्था मिलाउन प्रतिवद्धता रहेको बताए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समाजका लागी गुणस्तरीय उच्च शैक्षिक जनशक्ति उत्पादनको सामाजिक उत्तरदायित्त्ववाट निर्देशित भएर सिमित श्रोत र साधन र न्यून विद्यार्थी संख्याको बावजुद पनि स्नातक तहमा गाणित विषय शिक्षणको व्यावस्थापनलाई प्रथामिकतामा राखेको बताए।
कार्यक्रममा त्रिवि ताहाचल क्यामपसका उपप्राध्यापक डा. श्री प्रसाद घिमिरे गणित शिक्षणका वर्तमानको प्रवृत्ति तथा चुनौती र समाजले २१औं शताब्दिमा खोजी गरिरहेको असल शिक्षकका विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै सर्कलका उपाध्यक्ष सञ्जय मगरले क्याम्पसमा परिक्षा केन्द्रित नभई सिप केन्द्रित शिक्षण हुनुपर्ने बताए ।
कार्यक्रममा सर्कलले २०८० सालको तिहारमा भैले खेली संकलन गरेको रकमबाट क्याम्पसमा गणित विषय लिएर अध्ययनरत कक्षा ११ का विद्यार्थी आशिक विकलाई ४ हजार ५ सय र स्नातक तह विएड प्रथम वर्षकी छात्रा मुना न्यौपानेलाई ६ हजार नगद छात्रवृत्ति प्रदान गरिएको सर्कलका सह-सचिव अमृत बनियाँले जानकारी दिए ।
सर्कलका अध्यक्ष बर्षी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख द्वय डा. राम कुमार अधिकारी र सागर पौडेल, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक विशेश्वर प्रसाद तिमल्सेना, शिक्षाशास्त्रका विभागी प्रमुख गजेन्द्र पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाई उपाध्यक्ष चिरन्जिवी बस्नेत, स्ववियू अध्यक्ष गौरव पन्थ , स्ववियु सचिव अनुप आले मगर लगायत उपस्थित रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?