दमौली : तनहुँको सदरमुकाम दमौलीमा आज हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दमौली सहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।
पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेकाे रहेको छ ।
पश्चिम तराईका भूभागहरूमा भने पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् । पूर्वी तराईमा फाट्टफुट्ट वर्षा हुने पूर्वानुमान गरिएको जनाएको छ।
लामो समय पानी नपर्दा मुलुक डढेलोले आक्रान्त बनेको छ। आइतबार परेको पानीले पूर्वी भेगमा केही राहत भएको छ। शनिबारसम्म २ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको थियो। सोमबारसम्म पश्चिमी भूभागका ८० जंगलमा डढेलो लागिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?