मातातीर्थ औसीमा लियो क्लवले गर्यो ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

दमौली :  लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-५ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई कपडा, खाद्यान्न एव फलफूल वितरण  सहयोग गरेको छ ।

क्लवले आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा, खाद्यान्न एव फलफूल वितरण  सहयोग गरेको क्लवका वर्ष २०२४/२५ का सचिव मुकेश बिडारीले जानकारी दिए ।

उक्त कार्यक्रममा  व्यास नगरपालिका -५ का निवर्तमान अध्यक्ष मोहन कुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँका पुर्व अध्यक्ष श्रीभद्र खनाल,लायन्स क्लब अफ तनहुँ सत्यबतीका वर्ष २०२४/०२५ का निर्वाचित अध्यक्ष पबित्रा खनाल  लगायत आश्रम संचालक समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?