
दमौली : तनहुँको व्यास नगरपालिका वडा नं ११ सेरामा रहेको मनकामना आश्रमको २९ औ वार्षिक साधारण सभा एवं सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ।
उक्त अधिवेशनको व्यास नगरपालिका -११ का वडा अध्यक्ष दलबहादुर दुराले उद्घाटन गर्दै मनकामना आश्रम लाई धार्मिक पर्यटनको रूपमा विकास गर्दै मठ – मन्दिर, संस्कार – संस्कृति तथा रीतिरिवाज र परम्पराको संरक्षणमा वडा कार्यालय लागिपर्ने बताए। उक्त अधिवेशनले पुनः राजेन्द्र अधिकारीलाई अध्यक्षमा सर्वसम्बत निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा हरिमाया कैनी ,सचिवमा राजेश कैनी , कोषाध्यक्षमा कृष्ण गिरी र सह सचिवमा बिनोद कैनी चयन भएका छन्।
सदस्यहरुमा इन्दिरा खनाल ,सुमन राज पौडेल ,अम्बिका न्यौपाने,हरि देवी पन्थ ,झलक राज पौडेल र पुर्ण बाहदुर घिमिरे निर्वाचित भएका छन्।
यस अघि उक्त अधिवेशनको पूर्ण सफलताको कामना गर्दै आश्रमका पूर्व अध्यक्षहरु खडानन्द कैनी , लेखनाथ कैनी, दुमदुमेश्वर महादेव मन्दिरका अध्यक्ष धर्म गिरी , समाजसेवी झलक पौडेल, कृष्ण खनाल,गोपाल घर्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?