काठमाडौंमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं  : काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो।

धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन।

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?