दमौली : तनहुँकाे डुम्रे बजारमा रहेकाे डुम्रे साँस्कृतिक युवा परिवारकाे अध्यक्षमा बिक्की गुरुङलाई सर्वसम्मत चयन भएका छन् । शनिवार भएको १४ औं अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरिएका हुन् ।
युवा परिवारकाे पदेन सदस्यमा निवर्तमान अध्यक्ष कैलाश श्रेष्ठ ,उपाध्यक्षमा शम्भु श्रेष्ठ , सचिवमा ईश्वर नेपाल र काेषाध्यक्षमा सुनिता शाही चयन भएका छन् ।
सदस्यहरुमा राेमन श्रेष्ठ , अभिजेश पिया, डाक्टर प्रज्वल पिया , ईन्जिनियर अनमाेल पिया, सुरज बानिया , ध्रुवकुमार श्रेष्ठ र आशिष सुनार रसर्वसम्मत चयन भएकाे पूर्व अध्यक्ष राजेन्द्र पियाले जानकारी दिए।
युवा परिवारले विभिन्न सचेतनामूलक कार्यक्रम , सामाजिक कार्य, खेलकूद गतिविधि लगाएतका कार्यहरु गर्दै आईरहेकाे छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?