‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणापछि संसदमा हाँसो !

काठमाडौं : सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो।

‘महिलालाई आर्थिक रुपमा सक्षम सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिनेछ।’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले भने।

राष्ट्रपतिले यति भनेपछि संसद भवनमा हाँसो गुञ्जिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत हाँसेका थिए।

राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनर्संरचना गरी थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडा केन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?