विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गरिने

काठमाडौं : सरकारले विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार ‘ग्यारेन्टी’ गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

“प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ,” उनले भने ।

राजनीतिक दलको नियमन प्रणाली व्यवस्थित गर्न नीतिगत सुधार गरिने पनि उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?