गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौं : प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरूङले सोमबार निवेदन दिएका हुन् ।

उपसभापति गुरूङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न’ मागसहित उनले निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ ।

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेले अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको गुरूङको भनाइ छ ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?