
काठमाडौं : अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् ।
सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।
उनले केहिदिन अघिमात्र बलात्कार मुद्दा अदालतबाट सफाइ पाएका थिए ।
सन् २०१९ मा पनि अमेरिकन दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा उनले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा पाएका थिएनन्।
सुरुमा भिसा दिन अस्वीकार गरेको उनलाई फेरि बोलाएर भिसा दिएको थियो । उनले अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि फेरि बोलाएर दिएको थियो । त्यो बेलामा सन्दीपले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिँदै अर्को पोस्ट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?