
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ । बिहीबार पनि सुनकाे मूल्यमा १८ सय रुपैयाँले घटेकाे थियाे ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?