
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । उनले शनिबार महासेठलाई एक ट्रक धुलो उपहार पठाएका हुन् ।
बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् ।
जबसम्म काम अगाडि बढ्दैन तबसम्म हरेक दिन महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने समेत बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?