बजेटः गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा

चितवन : गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ । गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ ।

यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?