आलु, प्याज र तरकारीको मूल्य अभिवृद्धि कर खारेज

काठमाडौं : चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले आलु-प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि दर (भ्याट) लगाएको थियो। यसले यी वस्तुको मूल्य महँगो बनाएको थियो। यसको व्यवसायीदेखि गृहिणीसम्मले विरोध गरेका थिए।

अर्थमन्त्री वर्षमान पुनले यी वस्तुमा लागेको भ्याट हटाइएको बताए।

बजेटले मदिरा तथा चुरोटको अन्त:शुल्क दर बढाएको छ। त्‍यसैले यी वस्तुको मूल्य थप बढ्नेछ।

त्यसैगरी, कोइलाको आयातमा हरित कर शुरू गरिएको मन्त्री पुनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?