संसद भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। उनले शौचालयमा गोली हानेको स्रोतले बताएको छ । अन्दाजी २३ बर्षका प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेका हुन्।

यसको पुष्टि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि गरेका छन्। नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए।

उनी बिहान ड्युटी गरिरहेका थिए। सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?