अनलाइन जुवा खेलाउने भानुका श्रेष्ठ पक्राउ

दमाैली : तनहुँको भानुवाट अनलाइन जुवा खेलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेकोजिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए।

निजले अनलाइन बेटिङ खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले निजको भानु अनलाइन पसलबाट अनलाइन बेटिङमा प्रयोग गरेको ट्याब एक थान, मोवाइल लगायतका सामग्री बरामद गरेको छ ।

निजविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?