ओलीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीलाई बालकोट बोलाए

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् ।

आज साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाइएको एक मन्त्रीले जानकारी दिए । एमालेबाट सरकारमा आठ मन्त्री छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीचको भेटपछि बढेको नेताहरूको भेटले तरंग पैदा गरेको छ । मन्त्रीहरूलाई बालकोट बोलाइनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?