
काठमाडौं: सुनको भाउ आज शक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।
भाउ जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा तोकेको छ ।
त्यस्तै बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?