
पोखरा : गण्डकी प्रदेश बाल परिषद् अध्यक्षमा पर्वतका सन्दिप चापागाई चयन भएका छन् । शनिवार भएको परिषद् एवं गण्डकी प्रदेशस्तरीय बाल भेलाले सन्दिपलाई चयन गरिएको हो ।
परिषद् उपाध्यक्षमा नवलपुरकी एलिसा गैरे, सचिवमा कास्कीका गणेश वाग्ले, सहसचिवमा म्याग्दीका अभिषेक पौडेल , कोषाध्यक्षमा स्याङजाकी कुसुम रेग्मी रहेका छन् ।
परिषद्को कार्य समितिको सदस्यमा धन माया वि.क, सुप्रिम पोखरेल ,प्रशान्त अर्याल, अकिता परियार, मंगल गुरुङ, शालीग्राम खनाल, लप्सना घर्ती, वेल्का हरियाली नेपाली, अनुषा कंडेल र वर्षा गुरुङ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?