घिरिङमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी

दमौली : तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा जङ्गली च्याउ खाँदा शनिबार तीन जना बिरामी भएका छन् ।

च्याउ खाँदा स्थानीय ६० वर्षीया लिलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

बिरामी तीन जनालाई स्थानीय धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि मेट्रोसिटी अस्पताल रामपुर पाल्पा पठाइएको तनहुँ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?