सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । मंगलबार छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?