आबुँखैरेनीमा गाँजा खेती नष्ट

दमौली : तनहुँ प्रहरीले जिल्लाका विभिन्न दुई ठाउँका करेसाबारी तथा घरआँगनमा अवैध रूपमा रहेको गाँजा खेती फँडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले मंगलबार करिव साढे तीन हजार बोट गाँजा फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर ५ को छिम्केश्वरी र ६  हिलेखर्कमा प्रहरीले गाँजा खेती नष्ट गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?