माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।
धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ’।
विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?