चितवनमा भारतीय नागरिकको शव फेला

चितवन – चितवनमा एक भारतीय नागरिकको शव फेला परेको छ । भरतपुर महानगरपालिका– २८ मा एक भारतीय नागरिकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार भारतीय नागरिक ऋषि साहका शव फेला परेको हो । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको रिजालले जानकारी दिए ।

साहको साथमा रहेको रासन कार्डको आधारमा उनको पहिचान गरिएको उनको भनाइ छ । साह सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा खसेको वीरगन्जबाट आएको बसका यात्रु हुनसक्ने उनको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?