कोसी, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?