
काठमाडौं : रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
“पहिरोमा परी डिल्लीबहादुर बुढाथोकी हराइरहेका छन्,” प्रहरी निरीक्षक शाहीले बाह्रखरीसँग भने, “मृतकमध्ये हितमाया र धनिसा एकै घरका हुन् वा होइन यकिन भइसकेको छैन । मनिषा भने साथीसँग बस्न गएको हुनसक्छ ।”
आठबिसकोट ११ मा पनि पहिरोले एउटा घर बगाएको छ । बाढीसँगै आएको पहिरोले घर बगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?