दमौलीवाट लागु औषधसहित दुई जना पक्राउ

दमौली : तनहुँ प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ सित्तलचोक बस्ने सुजन दरै र धादिङ जिल्ला थाक्रे गाउँपालिका–८ स्थायी घर भई हाल कास्की पोखरा मनपा–१७ बिरौटा बस्ने २८ बर्षिय अनिल तामाङ रहेका छन् ।

व्यास नगरपालिका वडा नम्बर ४ सित्तलचोक बस्ने सुजन दरैले अबैध रुपमा लागु औषधको बिक्री बितरण गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा असार ३१ गते सोमबार निज दरैको घरकोठा खानतलासी गर्दा दरैले कोठाभित्र झोलामा लुकाई राखेको डाइजेपाम इन्जेक्स लेखेको ३ एमएलको ११४ थान सिसि, प्रोमेथाइजन हाइड्रोक्लोराईड इन्जेक्सन लेखेको ११४ थान सिसि र बुप्रेर्नाेपिन इन्जेक्सन लेखेको २ एमएलको ११८ थान सिसि फेला परेको तथा निजको साथबाट लागू औषध गाँजा ११० ग्राम, ट्रामाडस लेखेको २० वटा क्याप्सुल र नेपाली ३९ हजार रुपैयाँ फेला परेको थियो ।

साथै सोही स्थानमा रहेका धादिङ थाक्रे गापा–८ स्थायी घर भई हाल पोखरा मनपा–१७ बिरौटा बस्ने अनिल तामाङको साथबाट डाइजेपाम २ एमएलको १० थान सिसि थान १०, प्रोमेथाइजन हाइड्रोक्लोराईड इन्जेक्सन लेखेको १० थान सिसि र बुप्रेर्नाेपिन इन्जेक्सन लेखेको २ एमएलको १२ एम्पुल अबैध लागु औषध फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?