दमौली : प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको नवौ दिन शनिबार चर्चित गायिका ज्योति थापा मगरले महोत्सव स्थल तताएको छ । मगरले आफ्नो चर्चित गीतहरु गाउँदा दर्शकहरुलाई नाचेर साथ दिएका थिए ।
मगरले आधा दर्जन बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन । ज्योति मगरले गीत गाउँदा वान्स मोर गुन्जिएको थियो ।ढिलो गरी स्टेचमा प्रवेश गरेकी मगरले साँझ सम्म पनि गीत गाएर दर्शकहरुलाई नचाएको आयोजकले जनाएको छ ।
महोत्सवमा आज मगर लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुले समेत आफ्ना चर्चित गीतहरु गाएका थिए । पाटन युवा क्लबका अध्यक्ष अमर थापाका अनुसार आज नवौ दिन ५० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेको जानकारी दिए । ५ हजार भन्दा बढी व्यक्तिहरुले मादी नदी डुंगामा वारपार गरेको क्लबका अध्यक्ष थापाले बताए ।
महोत्सवमा च्याउको मःमः, बोटेको ऐतिहासिक घर, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्रीले अझ दर्शकहरुको आकर्षणको केन्द्र बन्दै गएको पाइन्छ ।
आज दर्शकहरुको थामी नसक्नु भएपछि महोत्सव स्थलमा सुरक्षाकर्मीलाई समेत सुरक्षाको व्यवस्थापन मिलाउन कठिनाइ भएको थियो ।आइतबार महोत्सवको समापन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?