एकैदिन २४०० घट्यो सुन

काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ तोलामा २४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ कायम भएको चाँदी यस दिन १७५० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?