लायन्स क्लब अफ तनहुँ दमौलीको चार्टर नाइट सम्पन्न

दमौली : लायन्स क्लब अफ तनहुँ दमौलीको बुधवार चार्टर नाइट सम्पन्न भएको छ । उक्त कार्यक्रममा लायन्स क्लबका सम्पूर्ण सदस्य र उनीहरूको परिवारको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स जिल्ला ३२५ एल नेपालका वर्ष २४/२५ का डायनामिक लिडर सुमन भट्टले क्लवले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गरे ।

क्लवका अध्यक्ष रनिल रोकाको अध्यक्षतामा आयोजित कार्यक्रममा जोन चेयर पर्सन सरोज भण्डारी, लायन्स क्लब अफ तनहुँ व्यास सिटीका अध्यक्ष एक प्रसाद श्रेष्ठ, रीजन १६ की चेयरपर्सन विमला श्रेष्ठ, जिल्ला सह-प्रमुख सल्लाहकार चूडामणि दाहाल, कार्यकारी प्रमुख राजकुमार श्रेष्ठ, क्लबका सस्थापक अध्यक्ष लायन राजकुमार श्रेष्ठ (राकु) लगायतले बोलेका थिए ।

कार्यक्रममा भिक्टोरिया डान्स एण्ड एक्सन स्कूलका संचालक सर्जन थापा र विद्यार्थीहरूले दुईवटा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?