दमौली : तनहुँको व्यास नगरपालिका -५ स्थित पर्यटकीयस्थल मानुङकोटमा लायन्स क्लब अफ तनहुँ दमौलीको वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रमको सभापतित्व क्लब अध्यक्ष रनिल रोकाले गरेका थिए भने प्रमुख अतिथि व्यास ५ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, विशिष्ट अतिथि लाइन्स डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठ लगायत डिस्ट्रीक लायन बसन्त गिरी, जोन चेयर पर्सन सरोज भण्डारी र छिमेकी क्लब अध्यक्ष एक प्रसाद श्रेष्ठले वृक्षारोपण कार्यक्रमको सफलताको बारेमा बोलेका थिए।
कार्यक्रममा छिमेकी क्ल्ब लायन्स क्ल्ब अफ तनहुँ ब्यास सिटिका सदस्य तथा लायन्स क्लब अफ तनहुँ डुम्रेका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन क्लब सचिव सन्तोष जमरकट्टेलले गरेका थिए।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?