नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन, अध्यक्षमा वाग्ले

दमौली : तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीको अध्यक्षता र भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा मनोज कुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, राम बहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारी रहेका छन् ।

सोही भेलाले जिल्लाका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी खेलकुद प्रवद्र्धनको विभिन्न कार्यक्रम गर्न प्रस्ताव लैजाने निर्णय गरिएको मञ्चका अध्यक्ष वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?