गोरखाको धार्चेमा पहिरोमा परी एकै परिवारका तीनसहित पाँच बेपत्ता

गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् ।

पहिरोले एउटा घर र गोठ बगाउँदा पाँच बेपत्ता भएका हुन् । पहिराेमा परी दुईजना घाइते भएकेा जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

प्रहरीले जनाएअनुसार कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएका हुन् । पहिराेमा परी जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ, ट्याक्टर चालक रमेश परियार बेपत्ता भएको जनाइएकाे छ ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?