सुनको भाउ १ सय घट्यो

काठमाडौं : मंगलबार सुनको भाउ १ सय घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १७५० रुपैयाँमा कारोबार भएको चाँदी १७४० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?