लागुऔषध सहित शुक्लागण्डकीका गुरूङ पक्राउ

दमौली – जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध  सहित एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा शुक्लागण्डकी २ का २१ वर्षका गुरुङ पक्राउ परेको जानकारी दिएको छ ।

गुरूङले लुकाई ल्याएको NITRAVET-10 लेखिएको जम्मा १९५ ट्याब्लेट नियन्त्रित लागु औषध समेत पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?