
दमौली : जिल्ला प्रहरी तनहुँले अवैध चिरान काठ सहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ बस्ने २५ वर्षीय अवि बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।
व्यास नगरपालिका–१ मिलनटोलस्थित छाब्दी सडकमा मनकामना चोकतर्फ आउँदै गरेको ग १ त ४२४१ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा अवैध चिरान काठ सहित निजलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त ट्याक्टरबाट ३१.६० क्युफिट (१२० थान) चिलाउने चिरान काठ बरामद गरेको छ । पक्राउ परेका चालक सहित काठलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?