तनहुँका भण्डारी र भट्टराई काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तनहुँका दुई नेता खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

यस अघि तरुण दलको नेतृत्व सम्हालेका केन्द्रीय सदस्य शंकर भण्डारी र केन्द्रीय सदस्यकै भूमिकामा रहेका नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।मतगणनामा भन्डारी टपटेन  र भट्टराई टप १५ मत ल्याएर  उनीहरुले जितको लागि पर्याप्त मत पाईसकेका छन् । दुवै संस्थापन खेमाबाट उम्मेदवार बनेका थिए ।

अहिले सानेपास्थित पार्टी कार्यालयमा मतगणना जारी छ । ३५ जना केन्द्रीय सदस्य चुनिने खुलातर्फको अन्तिम परिणाम केही समयमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?