सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुग्यो

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३०० रुपैयाँले बढेकोे छ । आज छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले बताएको छ । आज चाँदीको मूल्य भने स्थिर छ ।

आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?