काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरिएको थियो ।
परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ । सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ । परीक्षा सञ्चालनका लागि सात करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?