काठमाडौँ : सन २००६ को नोबेल शान्ती पुरस्कार बिजेता महोमद युनुस बंगलादेशको नयाँ प्रधानमन्त्री भएका छन् । हिजोसम्म अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुने कुरा गरिएका युनुसलाई आज भने प्रधानमन्त्री बनाइएको कुरा आएको छ ।
विद्यार्थी आन्दोलनका नेताहरुको यस्तो प्रस्तावलाई बंगलादेशी राष्ट्रपति महमद साहबुदिनले सहमती दिएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ । विद्यार्थी आन्दोलनका नेताहरुले बंगलादेशी सेना, राष्ट्रपति तथा अरु सरोकारवालासँग छलफल गरेर यस्तो निर्णय गरिएको विद्यार्थी आन्दोलनका एक प्रमुख नेता नाहिद इस्लामले आज बंगलादेशी पत्रकारहरुलाई बताएका छन् ।
आज सरकारले नेतृत्व गर्ने कुरा अगाडी बढेका युनुसलाई हिजो भने सरकारको प्रमुख सल्लाहकार नियुक्त गर्ने कुरा उनै नेता नाहिदले सार्वजनिक गरेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?